Kathmandu Press

माओवादीमा फर्किने समाचार भ्रमपूर्ण : टोपबहादुर रायमाझी

काठमाडौं, जेठ २५ : नेकपा (एमाले) स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र)मा फर्किन लागेको भन्ने समाचार भ्रमपूर्ण भएको बताएका छन्। उनले प्रेस विज्ञप्ति...
माओवादीमा फर्किने समाचार भ्रमपूर्ण : टोपबहादुर रायमाझी

काठमाडौं, जेठ २५ : नेकपा (एमाले) स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र)मा फर्किन लागेको भन्ने समाचार भ्रमपूर्ण भएको बताएका छन्। 

उनले प्रेस विज्ञप्ति जारी गरि भनेका छन्, ‘पछिल्लो समय केहि सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र)मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी पार्टीलाई विघटन गर्न खोजेको उनको आरोप छ। ‘क.प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ,’ रायमाझीले भनेका छन्। 

उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा बसिराख्ने बताएका छन्। रायमाझीले भनेका छन्, ‘सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो, चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क.केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरू, जनसमुदायमा हार्दिक अनुरोध, अपिल छ।’

प्रकाशित मिति: ०६:४७ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्