Kathmandu Press

स्याङ्जा सहयोग समाजद्वारा स्थानीय तहमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर सहयोग 

काठमाडौं, जेठ २४ : स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विश्वभरि रहेका स्याङ्जालीहरुको सहयोगमा जिल्लाका स्थानीय तहमा अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर सहयोग...
स्याङ्जा सहयोग समाजद्वारा स्थानीय तहमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर सहयोग 

काठमाडौं, जेठ २४ : स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विश्वभरि रहेका स्याङ्जालीहरुको सहयोगमा जिल्लाका स्थानीय तहमा अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ, चापाकोट नगरपालिका, फेदीखोला, आँधिखोला र अर्जुनचौपारी गाउँपालिकालाई ३/३ वटा ४० लिटरका अक्सिजन सिलिण्डर र विरुवा, हरिनास र कालिगण्डकी गाउँपालिकालाई ५/५ लिटरका अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।

Hardik ivf

त्यसैगरी समाजले जिल्लाका सबै पालिकाहरुलाई १०/१० वटा अक्सिमिटर उपलब्ध गराएको छ । कोभिडले आक्रान्त परेर जीवनस्तर नै प्रभावित पारेको अवस्थामा विभिन्न चरणमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अनुसार जिल्लाका सबै पालिकाहरुमा आवश्यकता अनुसारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस्थाका सल्लाहकार सुरेश रेग्मीले जानकारी दिए ।

उनका अनुसार कोरोनाको दोस्रो भेरियेण्ट पश्चात १० लाख रुपैँया भन्दा बढिको स्वास्थ्य सामाग्री स्याङ्जाका ११ वटै स्थानिय तहमा हस्तान्तरण गरेको छ । फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि लगायतलाई हौसल्ला प्रदान गर्न यसरि सहयोग गरिएको अध्यक्ष जीवन न्यौपानेले बताए ।

२० वटाभन्दा बढि देशमा रहेका एनसीसी संग समन्वय गरि आइसिसिले स्याङ्जामा विभिन्न घटनामा राहत वितरणको काम गरिरहेको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संरक्षक अनन्त कुमार श्रेष्ठ, सल्लाहकारहरु सुरज रेग्मी, भुपराज बस्याल, रामु बस्याल, उपाध्यक्ष प्रकाश श्रेष्ठ, सचिव तथा प्रवक्ता मुक्ति सुवेदी, सह कोषाध्यक्ष डोलराज डुम्रे र सदस्य धर्म पराजुली,लक्ष्मण बस्याल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १९:१८ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्