प्रधानमन्त्रीले गरे झापाका दुई विद्यालय भवन शिलान्यास
काठमाडौं, जेठ २४ : प्रधानमन्त्री केपी ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअल रुपमा शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले दमक...
काठमाडौं, जेठ २४ : प्रधानमन्त्री केपी ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअल रुपमा शिलान्यास गरेका छन्।
प्रधानमन्त्री ओलीले दमक नगरपालिका-२ स्थित हिमालय मावि र दमक-३ स्थित ढुकुरपानी माविको शिलान्यास गरेका हुन्।
दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई विद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु ११ करोड बजेट उपलब्ध भएको छ । नगरप्रमुख रोमनाथ ओलीका अनुसार बढीमा एक वर्षभित्रमा दुवै विद्यालयमा भवन निर्माण गरिसक्नुपर्नेछ ।
यसअघि प्रधानमन्त्री ओलीले दमक बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवनको पनि भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। क्यापसको भवन बनाउन सङ्घीय सरकारले रु १० करोड बजेट उपलब्ध गराएको थियो ।
उनले दमकका अन्य विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै स्थिति सहज भएपनि दमकमा आउने जानकारी दिए।
शिलान्यासका क्रममा उनले जिल्लाकै गौरीगन्जको स्मार्ट सिटी र दमककै निर्माणाधीन भ्युटावरको प्रगतिका विषयमा चासो राखेका थिए।











