भक्तपुरमा ४८ हजारले लगाए कोरोनाविरुद्धको खोप
भक्तपुर, जेठ २४ : भक्तपुरमा ४८ हजार २ सय ५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल) को दोस्रो मात्रा लगाएका छन्।जिल्लाका चार...
भक्तपुर, जेठ २४ : भक्तपुरमा ४८ हजार २ सय ५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल) को दोस्रो मात्रा लगाएका छन्।
जिल्लाका चार नगरपालिकामा सञ्चालित दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत सो सङ्ख्यामा खोप लगाइएको हो।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२ , मध्यपुरथिमिमा ११ हजार ३१९ , भक्तपुरमा १६ हजार ३४७ र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन्।
भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका नगरबासीलाई खोप लगाइएको थियो।
जिल्लामा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २० हजार ६ सय १३ पुगेको छ। ती मध्ये ११ हजार २८५ पुरुष र ९ हजार ३२८ महिला छन्।सक्रिय सङक्रमितको सङ्ख्या १ हजार २ सय ५९ छ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोनाबाट २७० जनाको मृत्यु भएको छ। ती मध्ये १७४ पुरुष र ९६ महिला छन्।











