माओवादी केन्द्रले सबै प्रदेशलाई बाँड्यो स्वास्थ्य सामग्री
काठमाडौं, जेठ २४ : माओवादी केन्द्रले सबै प्रदेशका लागि कोरानाविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
काठमाडौं, जेठ २४ : माओवादी केन्द्रले सबै प्रदेशका लागि कोरानाविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।
सामग्री हस्तान्तरणपछि जारी विज्ञप्तिमा प्रचण्डले ती स्वास्थ्य सामग्री उपलब्ध गराउने राष्ट्र, संगठनलगायतलाई धन्यवाद ज्ञापन गरेका छन्।
वितरित सामग्री चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग-संगठनबाट प्राप्त भएको जनाइएको छ।

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











