Kathmandu Press

राउटे समुदायको बस्तीमा अन्य व्यक्तिलाई जान प्रतिबन्ध

सुर्खेत, जेठ २४ : राउटे समुदायको बस्तीमा अन्य व्यक्तिलाई जान रोक लगाइएको छ।राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि त्यसलाई राउटे समुदायमा...
राउटे समुदायको बस्तीमा अन्य व्यक्तिलाई जान प्रतिबन्ध

सुर्खेत, जेठ २४ : राउटे समुदायको बस्तीमा अन्य व्यक्तिलाई जान रोक लगाइएको छ।

राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि त्यसलाई राउटे समुदायमा पुग्न नदिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई उनीहरूको बस्तीमा छिर्न आज (सोमबार) बिहानैदेखि रोक लगाएको हो।

त्यसका लागि २२ जना प्रहरी खटाइएको खुर्खेत प्रशासनले जनाएको छ। फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट-११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन्।

यौन दुव्र्यवहारको घटनाले गर्दा पीडित युवतीहरू समुदायबाट बहिष्कृत हुन सक्ने र उनीहरूको समुदायभित्रै कडा सजाय हुन सक्ने आँकलन गरेर सचेतता अपनाइएको प्रहरीले बताएको छ। त्यसकारण  राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए।

आइतबार मात्रै राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर दुःख दिन थालेको भन्दै सुरक्षाको माग राखेका थिए।

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्