Kathmandu Press

एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

सुर्खेत, जेठ २४ : कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। प्रदेशसभाको आठौं अधिवेशनको आज (सोमबार) पहिलो बैठक बसिरहेको छ।

सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै विरोध गर्न थालेपछि बैठक अवरुद्ध भएको हो। 

कर्णाली एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री बनाउँदा सभाको मर्यादामाथि नै प्रश्न उठेको भन्दै थापाको राजीनामा मागेका थिए।

सरकारले निर्णय नसच्याउँदासम्म बैठक अगाडि बढ्न नदिने अडान उनले राखेका थिए।

अवरोधका कारण बैठक अगाडि बढाउन नसकेपछि सभामुख राजबहादुर शाहीले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्