Kathmandu Press

थाइल्याण्डमा शुरु भयो खोप अभियान 

बैङ्कक, जेठ २४ :  थाइल्याण्डमा कोरोना विरुद्ध खोप अभियान शुरु भएको छ। कोरोना भाइरसको उच्च प्रसारसँगै सोमबारबाट थाइल्याण्ड सरकारले खोप अभियान शुरु गरेको...
थाइल्याण्डमा शुरु भयो खोप अभियान 

बैङ्कक, जेठ २४ :  थाइल्याण्डमा कोरोना विरुद्ध खोप अभियान शुरु भएको छ। कोरोना भाइरसको उच्च प्रसारसँगै सोमबारबाट थाइल्याण्ड सरकारले खोप अभियान शुरु गरेको हो। 

थाईल्याण्डका स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अस्ट्राजेनेका र सिनोभ्याकको प्रयोग गर्ने अनुमती दिएको बताएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार हाल ६० लाख ओप उपलब्ध रहेको छ।

‘सरकारले सबैलाई खोप लगाउने कुरा सुनिश्चित गर्नेछ,’ प्रधानमन्त्री प्रयुथ चान ओचाले भने। उनले सोमबारबाट देशको हरेक प्रान्तमा खोप अभियान सुरु हुने र खोपहरू प्रत्येक क्षेत्रमा संक्रमण दरको आधारमा छुट्याइने बताएका छन्। 

सरकारले थाइल्याण्डको ७० प्रतिशत जनसंख्या लगभग ६ करोड ६० लाख भन्दा बढीलाई वर्षको अन्त सम्म खोप लगाइ सक्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले बताएको छ। 

हालसम्म, सबैभन्दा कमजोर, फ्रन्ट-लाइन स्वास्थ्यकर्मी र यातायात मजदुरहरू सहित २८ लाख मानिसले खोपको पहिलो खुराक लगइसकेका छन्। 

थाइल्याण्डमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ७९ हजार आठ सय ८६ जना छ भने मृत्यु हुनेको संख्या एक हजार दुई सय ६९ जना छ । त्यस्तै, निको हुनेको संख्या एक लाख २९ हजार पाँच सय १६ रहेको छ। 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्