Kathmandu Press

कोरोना कहरबाट नेपाली नागरिकलाई बचाउनु मेरो मुख्य दायित्व : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं, जेठ २४ : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट नेपाली नागरिकलाई बचाउनु आफ्नो मुख्य दायित्व भएको बताएका छन्।सोमबार मन्त्रालयमा आयोजित...
कोरोना कहरबाट नेपाली नागरिकलाई बचाउनु मेरो मुख्य दायित्व : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं, जेठ २४ : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट नेपाली नागरिकलाई बचाउनु आफ्नो मुख्य दायित्व भएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले नागरिकको जीवन रक्षा गर्न खोप व्यवस्थापनलाई मुख्य प्राथमिकता दिएको पनि स्पष्ट पारे।

खोप उत्पादक देशबाट खोप खरिदका लागि सबै उपाय लगाउने र केही महिनाभित्र सबै नेपालीलाई खोप दिने दाबी उनले गरे।

कोरोना परीक्षण दर पनि बढाउने उल्लेख गर्दै उनले गाउँगाउँसम्म एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिने बताए।

सोही अवसरमा उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेका छन्।

सार्वजनिक पद धारण गर्ने व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा पनि राख्ने बताए।

प्रकाशित मिति: १६:०० बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्