Kathmandu Press

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

बेइजिङ, जेठ २४ : चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड-१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले...
चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

बेइजिङ, जेठ २४ : चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड-१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ। 

आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड-१९ का केही संक्रमणका घटना देखिएको जानकारी गराउँदै त्यसले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको सङ्केत गरेको बताए। 

खोप कार्यक्रमका बारेमा आमजनतालाई हिच्किचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले ‘खोपको ग्रेट वाल’ निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए। 

आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ। विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ।

प्रकाशित मिति: १५:३६ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्