Kathmandu Press

दिउँसो पनि डिपार्टमेन्ट खोलेको भन्दै कोटेश्वरस्थित भाटभटेनीका मेनेजर पक्राउ

काठमाडौं, जेठ २४ : निषेधाज्ञाको अवज्ञा गर्दै निर्धारित समयभन्दा बाहेक पनि पसल खोलेको भन्दै प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ...
दिउँसो पनि डिपार्टमेन्ट खोलेको भन्दै कोटेश्वरस्थित भाटभटेनीका मेनेजर पक्राउ

काठमाडौं, जेठ २४ : निषेधाज्ञाको अवज्ञा गर्दै निर्धारित समयभन्दा बाहेक पनि पसल खोलेको भन्दै प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ।

उपत्यकाका तिनै जिल्लाका प्रशासनले निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न दिने भनेको छ। तर दिउँसो पनि डिपार्टमेन्ट खोलेको पाइएपछि गुरुङलाई पक्राउ गरिएको  काठमाडौं प्रशासनले जानकारी दिएको छ।

डिपार्टमेन्ट खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रजिअ उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो।

प्रकाशित मिति: १५:१० बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्