गोहीको आक्रमणबाट चितवनमा एकको मृत्यु
चितवन, जेठ २४ : चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ध्रुवघाटमा माछा मार्ने क्रममा गोहीको आक्रमणा...
चितवन, जेठ २४ : चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ध्रुवघाटमा माछा मार्ने क्रममा गोहीको आक्रमणा परी भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको थियो। । आइतबार राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको उनले बताए ।
चालु आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १२ व्यक्तिको मृत्यु भएको छ । हात्ती, बाघ र गैँडाले तीन/तीन, गौरीगाई, बँदेल र मगर गोहीबाट एक/एक जनाको मृत्यु भएको छ । वन्यजन्तुको आक्रमणबाट यो अवधिमा २३ व्यक्ति घाइते भएका छन् ।
प्रकाशित मिति: १४:२५ बजे, सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











