धनुषामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा
धनुषा, जेठ २४ : जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जेड ३१ गतेसम्म निषेधाज्ञासम्म...
धनुषा, जेठ २४ : जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जेड ३१ गतेसम्म निषेधाज्ञासम्म थप गरेको हो।
सरकारले हालै जारी गरेको कोभिड—१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उलंघन गर्ने र अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ बन्धुप्रसाद बास्तोलाले बताए ।
जिल्लाभित्र कोभिड—१९ को नयाँ भेरियन्टको संक्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि संक्रमणको जोखिम अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।
प्रकाशित मिति: १४:०३ बजे, सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











