पेन्सनबापतको रकम अब विद्युतीय हस्तान्तरणमार्फत व्यक्तिको खातामा
काठमाडौं, जेठ २४ : पेन्सन थाप्नेहरूले अब तोकिएको ठाउँसम्म धाउनुनपर्ने भएको छ।सेवा निवृत्त पूर्वकर्मचारीको मासिक निवृत्तिभरण रकम (पेन्सन) आइतबारबाट विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट...
काठमाडौं, जेठ २४ : पेन्सन थाप्नेहरूले अब तोकिएको ठाउँसम्म धाउनुनपर्ने भएको छ।
सेवा निवृत्त पूर्वकर्मचारीको मासिक निवृत्तिभरण रकम (पेन्सन) आइतबारबाट विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सिधै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्न थालिएको छ।
यो प्रणालीबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
महालेखा कार्यालयका अनुसार यो प्रणली सुरु भएपछि पारदर्शिता बढ्ने मात्र नभई पेन्सन थाप्नेहरूले समेत छरितो र प्रभावकारी सेवा प्राप्त गर्न सक्नेछन्।
यो प्रणालीबाट तोकिएको समयमै सम्बन्धित व्यक्तिको खातामा सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापन प्रभावकारी हुने र विश्वास पनि गरिएको छ।
प्रकाशित मिति: १३:२६ बजे, सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











