Kathmandu Press

अफगानिस्तानका राष्ट्रपति र अमेरिकी विशेष दूतबीच काबुलमा भेट

काबुल, जेठ २४ : अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विशेष दूतबीच काबुलमा भेट भएको छ।उनीहरुबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा...
अफगानिस्तानका राष्ट्रपति र अमेरिकी विशेष दूतबीच काबुलमा भेट

काबुल, जेठ २४ : अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विशेष दूतबीच काबुलमा भेट भएको छ।

उनीहरुबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ।

Hardik ivf

विशेष दूत जालमी खालिजाद अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुबीचको शान्ति वार्ताका लागि पनि प्रमुख मध्यस्थकर्ता छन्।

उनी हालै अफगानिस्तान आएको शान्ति वार्तासम्बन्धी टोलीका सदस्यहरु पनि रहेका बताइएको छ। सो टोलीका सदस्यहरु सँगै खालिजादले अफगानिस्तानका राष्ट्रपति घानीसँग आइतबार भेटवार्ता गरेको समाचारमा जनाइएको हो।

त्यस भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्था र शान्ति वार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ। उनीहरुले त्यस क्रममा दुई देशबीचको आर्थिक सहयोगका साथै अरु क्षेत्रीय राजनीतिक विषयहरुमा पनि कुराकानी गरेको बताइएको छ।

यसका साथै अफगानिस्तानमा केही समय अघि रोकिएको शान्ति वार्ताका विषयमा पनि  उहाँहरुका बीचका कुराकानी भएको बताइएको छ।

अफगानिस्तानको सरकार र तालिबानबीच केही समयअघि शुरु भएको वार्ता त्यसै स्थगित भएको छ। त्यसपछि अहिले भने तालिबानहरुले अफगानिस्तानमा हिंसात्मक हमलाहरुलाई फेरि पनि निरन्तरता दिएका छन्।

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, जेठ २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्