Kathmandu Press

बूढानीलकण्ठमा मङ्गलबारदेखि खोप लगाइने

काठमाडौं, जेठ २४ :  बूढानीलकण्ठ नगरपालिकाले कोभिड-१९ विरुद्धको  चाइनिज भेरोसेल खोप यही जेठ २५ गते (भोलि मंगलबार) देखि उपलब्ध गराउने भएको छ।साठीदेखि ६४ वर्ष...
बूढानीलकण्ठमा मङ्गलबारदेखि खोप लगाइने

काठमाडौं, जेठ २४ :  बूढानीलकण्ठ नगरपालिकाले कोभिड-१९ विरुद्धको  चाइनिज भेरोसेल खोप यही जेठ २५ गते (भोलि मंगलबार) देखि उपलब्ध गराउने भएको छ।

साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ।

नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।

ती खोप गणेश  मावि वडा २, गणेशचोक र नेसनल आइडियल बोर्डिङ स्कूल, वडा ९ मण्डिखाटार र बालउद्धार मावि वडा १० कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ। 

 

प्रकाशित मिति: १२:३७ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्