लिबियामा कारमा बम विस्फोट, दुईको मृत्यु पाँच घाइते
त्रिपोली, जेठ २४ः अफ्रिकी महादिपको उत्तरी राष्ट्र लिबियामा कारमा राखिएको बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका...
त्रिपोली, जेठ २४ः अफ्रिकी महादिपको उत्तरी राष्ट्र लिबियामा कारमा राखिएको बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
लिबियाको राजधानी त्रिपोलीबाट सात सय ५० किलोमिटर दक्षिणमा रहेको सेभा शहरको सेनाको चेक पोइन्टमा सुरक्षा जाँच गर्ने क्रममा कारमा राखिएको बम विस्फोट हुँदा दुई जनाको मृत्यु हुनको साथै पाँच जना घाइते भएका हुन्।
घटनामा परी दुई सुरक्षकर्मीको मृत्यु भएको छ भने अन्य पाँच सुरक्षकर्मीहरु घाइते भएको प्रहरी अधिकारीहरुले बताएका छन्।
‘सेभा सहरमा रहेको सेनाको चेक पोइन्टमा जाँचपछि जाने क्रममा कारमा रहेको बम विस्फोट भएको थियो,’ प्रहरी प्रवक्ताले भने, ‘दुई सुरक्षा अधिकारीको मृत्यु भएको छ, पाँच अन्य घाइते भएका छन् र विस्फोटबाट ठूलो क्षति भएको छ।’
लिबियाका अन्तरिम प्रधानमन्त्री अब्दुल हिमद दुबईहले उक्त घटना कायरतापूर्ण अतंकावादी कार्य भएका बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले बताएका छन्।
त्यस्तै, घटनाको विषयमा कुनै पनि आतंकवादी समुहले जीम्मेवारी नलिएको उनले बताएका छन्।












