Kathmandu Press

बेलायती पूर्वराजकुमार ह्यारी दम्पतीलाई पुत्रीलाभ

लन्डन, जेठ २४ : बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई दोस्रो सन्तानको रुपमा पुत्रीलाभ भएको छ। मेघनले शुक्रबार छोरीलाई क्यालिफोर्नियाको एक अस्पतालमा जन्म...
बेलायती पूर्वराजकुमार ह्यारी दम्पतीलाई पुत्रीलाभ
बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कल । तस्बिर : रोयटर्स

लन्डन, जेठ २४ : बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई दोस्रो सन्तानको रुपमा पुत्रीलाभ भएको छ। 

मेघनले शुक्रबार छोरीलाई क्यालिफोर्नियाको एक अस्पतालमा जन्म दिएकी हुन्। ह्यारीले छोरीको नाम लिलिबेट डायना माउन्टब्याटन–विन्डसर (लिलि) राकेका छन्। उनले आफ्नी आमाको नाम बिचमा राखेका छन्।

Hardik ivf

शिशुको तौल ३.४ किलोग्राम रहेको छ भने आमा र शिशुको स्वास्थ्य सामान्य रहेको जनाइएको छ। ह्यारी दम्पतीलाई यसअघि पहिलो सन्तानको रुपमा पुत्रलाभ भएको थियो। उनको नाम आर्ची राखिएको छ। 

लिलीले बेलायत रानीको ११औं पनातिनीका रुपमा जन्म लिएकी हुन्। बकिङ्हम राजदरबारका प्रवक्ताले लिलिको आगमनले महारानीसहित राजपरिवार खुसी भएको बताएका छन्। 

राजकुमार विलियम्स र पत्नी केइटले समाजिक संजालमार्फत ह्यारी–मेघनलाई बधाई दिएका छन्। त्यस्तै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि ह्यारी दम्पतीलाई बधाई दिएका छन्। 
 

प्रकाशित मिति: ११:४१ बजे, सोमबार, जेठ २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्