प्रदेश २ प्रदेशसभाका तीन सदस्यसहित ११ जनामा कोरोना पुष्टि
काठमाडौं, जेठ २३ : प्रदेश २ प्रदेशसभाका तीन सदस्यसहित ११ जनामा संक्रमण पुष्टि भएको छ।सोमबारदेखि सुरू हुन लागेको छैटौं अधिवेशनअघि गरिएको कोरोना परीक्षणमा...
काठमाडौं, जेठ २३ : प्रदेश २ प्रदेशसभाका तीन सदस्यसहित ११ जनामा संक्रमण पुष्टि भएको छ।
सोमबारदेखि सुरू हुन लागेको छैटौं अधिवेशनअघि गरिएको कोरोना परीक्षणमा आइतबार उनीहरूमा संक्रमण देखिएको हो। प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा सदस्य सत्यनारायण मण्डल, मन्जुकुमारी यादव र नागेन्द्र सिन्हामा संक्रमण पुष्टि भएको छ।
यसैगरी प्रदेशसभाका एक चिकित्सक, दुई प्रहरी, तीन कर्मचारी र दुई प्रदेशसभा सदस्यका चालकमा संक्रमण पुष्टि भएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ।
कोरोना संक्रमण पुष्टि भएका तीन प्रदेशसभा सदस्यहरूले सोमबारदेखि सुरू हुनलागेको बजेट अधिवेशनमा भर्चुअल प्रविधिबाट भाग लिने प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रकाशित मिति: २०:४९ बजे, आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











