Kathmandu Press

कोरोना संक्रमित घटेसँगै भारतमा लकडाउन पनि खुकुलो बनाईदै

काठमाडौं, जेठ २३ : भारतमा कोभिड–१९ संक्रमणमा कमी आउन थालेसँगै लकडाउन पनि खुकुलो बनाईदैछ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा...
कोरोना संक्रमित घटेसँगै भारतमा लकडाउन पनि खुकुलो बनाईदै

काठमाडौं, जेठ २३ : भारतमा कोभिड–१९ संक्रमणमा कमी आउन थालेसँगै लकडाउन पनि खुकुलो बनाईदैछ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख १४ हजार संक्रमित थपिएका छन् ।

यो संख्या दुई महिनायताकै सबैभन्दा कम हो । यो सँगै भारतमा केही राज्यहरुले लकडाउन खुकुलो पार्ने तयारी गरेका छन् । दिल्लीले कोरोना संक्रमणमा कमी आएको भन्दै लकडाउन केही खुकुलो बनाउने निर्णय गरिएको छ । यस्तै कोरोनाबाट सबैभन्दा बढी प्रभावित देखिएको भारतीय राज्य महाराष्ट्रमा पनि संक्रमणमा कमी आएसँगै यसै सातादेखि लकडाउन केही खुकुलो बनाउने तयारी छ ।

Hardik ivf

महाराष्ट्रमा गत अप्रिल महिनामा कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै लकडाउन लगाइएको थियो । तमिलनाडुमा पनि सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारी गरिएको छ । त्यहाँ पनि कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । तर, तमिलनाडुमा हाल सबैभन्दा बढी नयाँ संक्रमित देखिइरहेका छन् ।

कोरोना संक्रमणमा कमी आएसँगै अन्य राज्यहरुले पनि लकडाउन खुकुलो पार्ने योजना ल्याएका छन् । यद्यपि विशेषज्ञहरुले भने यस वर्षको अन्तिममा भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति: १८:२४ बजे, आइतबार, जेठ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्