Kathmandu Press

पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्छ : प्रधानसेनापति

काठमाडौं, जेठ २३ : प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने भन्दै सेना सजग र सतर्क हुनुपर्ने बताएका छन्। आफ्नो कार्यकालको...
पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्छ : प्रधानसेनापति

काठमाडौं, जेठ २३ : प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने भन्दै सेना सजग र सतर्क हुनुपर्ने बताएका छन्। 

आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा उनले आज (आइतबार) पत्रकारहरूसँग कुराकानी गर्दै अहिले उत्पन्न राजनीतिक परिस्थितिहरूको समाधान संवैधानिक प्रक्रियाबाटै खोजिनुपर्नेमा उनले जोड दिए।

पछिल्लो राजनीतिक घटनाक्रमलाई सेनाले नजिकबाट नियालिरहेको उनको भनाइ थियो। प्रधानसेनापति थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर भने नजाने स्पष्ट पारेका छन्।

‘हरेक संकटमा सेनाको दायित्व र जिम्मेवारी संविधानले प्रस्ट गरेको छ,’ उनले भने। उनले कार्यकाल सकिन तीन महीना बाँकी रहँदै नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको जानकारी दिए।

सोही अवसरमा प्रधानसेनापति थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताए। थापाले सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरूप विश्वास लिने पनि व्यक्त गरे।

थापाले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता द्वन्द्व नभएको बताए । ‘कुनै पक्ष समाजमा गएर द्वन्द्व सिर्जना गर्छ, विखण्डन सिर्जना गर्छ भने त्यसलाई सेना, सम्पूर्ण सुरक्षा निकाय र राष्ट्रले पराजित गर्नेछ,’ उनले भने।

प्रकाशित मिति: १७:५५ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्