कांग्रेसका तर्फबाट कर्णाली सरकारमा नियुक्त दुई मन्त्रीले लिए शपथ
सुर्खेत, जेठ २३ : नेपाली कांग्रेसका तर्फबाट कर्णाली प्रदेश सरकारमा नियुक्ति पाएका दुई मन्त्रीले शपथ लिएका छन्।सामाजिक विकास मन्त्री यज्ञबहादुर बीसी र उर्जा...
सुर्खेत, जेठ २३ : नेपाली कांग्रेसका तर्फबाट कर्णाली प्रदेश सरकारमा नियुक्ति पाएका दुई मन्त्रीले शपथ लिएका छन्।
सामाजिक विकास मन्त्री यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठले आज (आइतबार) शपथ लिएका हुन्।
प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरू बीसी र श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
कांग्रेस संसदीय दलको सिफारिसबमोजिम कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार राति साढे ९बजे श्रेष्ठ र बिसीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
दुई मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। कांग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न कारणले करिब दुई महिनादेखि खाली थिए।
प्रकाशित मिति: १६:२५ बजे, आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











