Kathmandu Press

यार्सागुम्बा संकलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु

यार्सागुम्बा संकलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु

दार्चुला, जेठ २३ : यार्सागुम्बा संकलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो।

अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।

महेश जेठ पहिलो साता यार्सागुम्बा संकलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ । यस वर्ष यार्सागुम्बा संकलनका क्रममा मृत्यु हुनेमा दुई महिला, एक विद्यार्थी र एक पुरुष छन् ।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्