Kathmandu Press

प्रशिक्षक अलमुताइरी भन्छन– बलियो जोर्डनविरुद्ध पनि नेपलाको लक्ष्य जित नै हो

काठमाडौं, जेठ २३ : फिफा विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल्न कुवेतमा रहेको नेपाली टिम फुटबलले सोमबार एसियाको बलियो टिम जोर्डनको सामाना...
प्रशिक्षक अलमुताइरी भन्छन– बलियो जोर्डनविरुद्ध पनि नेपलाको लक्ष्य जित नै हो

काठमाडौं, जेठ २३ : फिफा विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल्न कुवेतमा रहेको नेपाली टिम फुटबलले सोमबार एसियाको बलियो टिम जोर्डनको सामाना गर्दै छ। जोर्डनविरुद्धको खेलअघि भएको भर्चुअल प्रि म्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध पनि नेपालको लक्ष्य जित नै भएको बताएका छन्।

जोर्डन बलियो टोली भएपनि आफूहरु एकमात्र जितको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् । उनले नर्थ म्यासेडोनियाले जर्मनीलाई हराएको उदाहरण दिँदै दुवै टिमका लागि खेल शुन्यबाट सुरु हुने भएकाले दुवै टिमको सम्भावना उत्तिकै भएको बताए ।

‘जोर्डन हामी भन्दा निकै बलियो टिम हो, त्यो हामीलाई थाहा छ । धैरैले हाम्रो कुनै सम्भावना देखेका छैनन । तर, फुटबलमा त्यस्तो हुँदैन। फुबटलमा विगत हेरेर हुन्न, ९० मिनेटमा कसले राम्रो खेल्छ र गोल गर्छ त्यो महत्वपूर्ण हो । हामीले नर्थ मेसेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘दुवै टोलीका लागि खेल शुन्यबाट सुरु हुने हो। जोर्डनविरुद्ध पनि हाम्रो एकमात्र लक्ष्य जित नै हुनेछ।’

अलमुताइरीले नेपालको लक्ष्य एसिया कप छनोटका रहेकाले त्यसका लागि जोर्डनलाई हराउनु पर्ने बताए । जोर्डनविरुद्ध सुखद् नतिजा ल्याउनका लागि हरेक मिनेट राम्रो प्रदर्शन गर्ने बताए । यसअघि चाइनिज ताइपेई विरुद्ध गरेको अध्ययनले जित सम्भव भएको भन्दै अलमुताइरीले जोर्डनविरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेको बताए ।

विश्वकप छनोट अन्तर्गत नै बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २–०ले हराएको थियो । छनोटको समूह बीचमा रहेको नेपाल ६ अंकसहित चौथो स्थानमा छ।

जोर्डन १० अंकसहित तेस्रो स्थानमा छ भने कुवेत ६ खेलमा १० अंकसहित दोस्रो स्थानमा छ । यदि नेपालले जोर्डनलाई पराजित गरेमा यसको फाइदा कुवेतलाई पनि हुनेछ र दोस्रो हुँदै एसियाकमा छनोट हुने सम्भावना हुने छ। अष्ट्रेलिया ५ खेलमा शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ ।

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्