Kathmandu Press

जोखिम भत्ता दिन स्वास्थ्य मन्त्रालयले माग्यो स्वस्थ्यकर्मीको विवरण

काठमाडौं, जेठ २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध...
जोखिम भत्ता दिन स्वास्थ्य मन्त्रालयले माग्यो स्वस्थ्यकर्मीको विवरण

काठमाडौं, जेठ २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ।

मन्त्रालयले आइतबार सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई पत्र पठाउँदै स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको विवरण माग गरेको हो। मन्त्रालयले विवरण १ साताभित्र उपलब्ध गराउन भनेको छ।

मन्त्रालयले सबै सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला र अस्पतालसँग सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाहरु मात्र ड्युटी लिस्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलबी भरपाइ गरी ४ वटा विवरण माग गरेको छ।
 

प्रकाशित मिति: १५:०४ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्