Kathmandu Press

ड्यानियल क्रेगको ‘जेम्स बोन्ड २५’ फिल्म सेटबाट एक पक्राउ

काठमाडौं, असार ९ : हलिउडका चर्चित फिल्म क्यारेक्टर जेम्स बोन्डको पछिल्लो फिल्म ‘जेम्स बोन्ड २५’को सुटिङ सेटबाट एक जनालाई प्रहरीले पक्राउ ग....

ड्यानियल क्रेगको ‘जेम्स बोन्ड २५’ फिल्म सेटबाट एक पक्राउ

काठमाडौं, असार ९ : हलिउडका चर्चित फिल्म क्यारेक्टर जेम्स बोन्डको पछिल्लो फिल्म ‘जेम्स बोन्ड २५’को सुटिङ सेटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बेलायतको बकिङह्याम्सियरको पाइनवुड स्टुडियोमा छायांकन भइरहेको फिल्म स्टुडियोको महिला शौचालयमा क्यामेरा लुकाएर राखेको पत्ता लागेपछि उनलाई शुक्रबार पक्राउ गरिएको हो।

पक्राउ परेका ४९ वर्षीय पुरुषलाई भोयेरियम (टिभी तथा भिडियोमा नग्न शरीर हेरेर आनन्द लिने)को आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘जेम्स बोन्ड २५’मा पुनः एकपटक अभिनेता ड्यानियल क्रेग दोहोरिएका छन्। सुटिङ सेटमा बिहीबार मात्रै प्रिन्स चार्लस् क्रेगलगायत अन्य लिड क्यारेक्टरमा अभिनय गर्ने कलाकारलाई भेट्न भेट्न पुगेका थिए।

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, असार ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्