Kathmandu Press

अफगानस्तिानमा बम विस्फोट, ११ जनाको मृत्यु 

काबुल, जेठ २३ : अफगानस्तिानको उत्तरी बादगीस प्रान्तमा सडकमा राखिएको बम विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। आइतबार सडकमा राखिएको बम बिस्फोटमा परी...
अफगानस्तिानमा बम विस्फोट, ११ जनाको मृत्यु 

काबुल, जेठ २३ : अफगानस्तिानको उत्तरी बादगीस प्रान्तमा सडकमा राखिएको बम विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। 

आइतबार सडकमा राखिएको बम बिस्फोटमा परी गाडीमा सवार ११ जनाको मृत्यु भएको हो। स्थानीय सरकारी अधिकारीहरूले तालिबान समूहले सडकछेउमा राखेको बम विस्फोट भएको बताएका छन्।

उक्त घटनामा परी तीन बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। बादगिस प्रान्तका गभर्नर हुसमुद्दिम सम्सले ११ यात्रु रहेको गाडी काला-ए-नवा सहरतर्फ जाँदै गर्दा विस्फोटनमा परेको बताएका छन् । 

कुनै पनि समूहले घटनाको जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरुको भनाइ छ। 

अफगानी सेना र तालिबानी समूहबीचको झडपमा परी सन् २०२१ को पहिलो तीन महिनामा करिब १ हजार ८ सय अफगानी नागरिकको मृत्यु हुनुका साथै कैयौं घाइते भएका छन्। 

प्रकाशित मिति: १४:११ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्