Kathmandu Press

राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

सुर्खेत, जेठ २३ : प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लील क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५...
राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

सुर्खेत, जेठ २३ : प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लील क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय  विनोद पुन छन् । पुन होटल सञ्चालकसमेत हुन् ।  

उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ। होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लील क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो। 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृत अनुसन्धान भइरहेको र दोषी युवामाथि कानूनबमोजिम कारबाही हुने जानकारी दिए। पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको छ।

राउटे नेपालकै एक मात्र फिरन्ते समुदाय हो । गुर्भाकोट ११ जनैघाटमा बस्दै आएका राउटे हाल १४३ सङ्ख्यामा छन्।

प्रकाशित मिति: १३:३० बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्