आज पहाडी भूभागमा वर्षाको सम्भावना
काठमाडौं, जेठ २३ : आज पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी...
काठमाडौं, जेठ २३ : आज पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुनेछ। पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेकाले आइतबार बिहान प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली हुने जनाएको छ।
त्यस्तै, आज दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशका पहाडी भू–भागका केही स्थानमा भने चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आकलन छ।
महाशाखाका अनुसार आज राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।











