काठमाडौं-निजगढ फास्ट ट्रयाकको लागत पौने दुई खर्ब पुग्यो
काठमाडौं, असार ९ : काठमाडौं निजगढ फास्ट ट्रयाकको लागत एक खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ निर्धारण गरिएको छ। वितगमा एक खर्ब १२ अर्ब रुपैयाँ लागत अनुमान गर....

काठमाडौं, असार ९ : काठमाडौं निजगढ फास्ट ट्रयाकको लागत एक खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ निर्धारण गरिएको छ। वितगमा एक खर्ब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत पौने दुई खर्ब पुगेको नेपाली सेनाले जानकारी दिएको छ।
संघीय संसदको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा काठमाडौँ–तराई मधेश दु्रतमार्गको हालसम्मको प्रगति र डीपीआरसम्बन्धी छलफल कार्यक्रममा नेपाली सेनाले लागत पौने दुई खर्ब पुग्ने जानकारी गराएको हो।
विगतमा एक खर्ब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको ढिलाइले लागत बढेको हो। नेपाली सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठले समितिको छलफलमा लागतको विषय जानकारी गराएका हुन्। द्रुत मार्गको लम्बाई ७२.५ किलोमिटर निर्धारण गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए।
द्रुतमार्गको बुदुनेमा इन्टर सेक्सन निर्माण गरिने र ६.४ किलोमिटर लामो सुरुङ बन्ने उनले जानकारी दिए। फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि एक घण्टा दुई मिनेटमा काठमाडौँबाट बाराको निजगढ पुगिने समेत श्रेष्ठले समितिमा संसदहरुलाई जानकारी गराएका छन।
आयोजना प्रमुख श्रेष्ठले मार्गको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए। प्रगति विवरणको विषयमा छलफल गर्दै समितिका सदस्य सांसद गणेश पहाडीले ११२ अर्बको फास्ट ट्रयाकको लागत कसरी १७५ अर्ब पुग्यो भनी प्रश्न गरेका थिए।
चार वर्षमा बन्ने भनिएको फास्ट ट्रयाक निर्माणको दुई वर्ष बितिसक्यो, अब दुई वर्षमा बन्ने आधार के छ? पहाडीको प्रश्न समेत समितिमा राखेका थिए।










-1754206481.jpg)
