अस्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं, जेठ २२ : अस्ट्रेलियाले नेपाली सेनालाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक विभिन्न सामग्री प्रदान गरेको छ। अस्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार...
काठमाडौं, जेठ २२ : अस्ट्रेलियाले नेपाली सेनालाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक विभिन्न सामग्री प्रदान गरेको छ।
अस्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेकी हुन्।
कार्यक्रममा नेपाली सेनाका रथी शर्माले अस्ट्रेलियाले गरेको सहयोगका लागि धन्यवाद दिए। सबै सामग्री अस्ट्रेलियन एय फोर्सले नेपाल ल्याएको सेनाले जनाएको छ।
प्रकाशित मिति: १५:५२ बजे, शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











