Kathmandu Press

नाइजेरियाले ट्विटरलाई गर्यो निलम्बन

काठमाडौँ, जेठ २२ : नाइजेरिया सरकारले ट्विटरलाई निलम्बन गरेको छ।ट्विटरसँग विवाद बढेपछि नाइजेरियाका सूचनामन्त्री लाइ मोहमदले ट्विटरलाई अनिश्चितकालका लागि निलम्बन गरेको घोषणा गरेका...
नाइजेरियाले ट्विटरलाई गर्यो निलम्बन

काठमाडौँ, जेठ २२ : नाइजेरिया सरकारले ट्विटरलाई निलम्बन गरेको छ।

ट्विटरसँग विवाद बढेपछि नाइजेरियाका सूचनामन्त्री लाइ मोहमदले ट्विटरलाई अनिश्चितकालका लागि निलम्बन गरेको घोषणा गरेका हुन् ।

सन् १९६७-७० को नाइजेरियाई गृहयुद्धबारे उल्लेख गरेको भन्दै राष्ट्रपति मोहमद बुहारीको एउटा ट्विट ट्विटरले केही दिनअघि हटाइदिएको थियो।

नाइजेरियाले त्यसबारे प्रश्न उठाएपछि ट्विटरले सो ट्विट आफ्नो संस्थाको नियमविरुद्ध रहेको जबाफ दिएको थियो।

नाइजेरियाको सरकारले आफ्नो बयानमा राष्ट्रपतिको ट्विट हटाएको विषय भने उल्लेख गरेको छैन।

ट्विटरले आफूलाई निलम्बन गरेको घटनालाई चिन्ताजनक भनी प्रतिक्रिया दिएको छ।

प्रकाशित मिति: १३:०९ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्