कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ
धनगढी, जेठ २२ : कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका छुट्टा छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई...
धनगढी, जेठ २२ : कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका छुट्टा छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले भीमदत्त नगरपालिका १ भाँसीबाट २ जना र बेलौरी नगरपालिका–७ कालोपुलबाट २ जानालाई पक्राउ गरिएको जानकारी दिए ।
भीमदत्त नगरपालिकाको भाँसीबाट बेदकोट नगरपालिका९१ का २१ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाललाई पक्राउ गरिएको डीएसपी थापाले बताए । उनीहरुको साथबाट ५.०५ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।
यस्तै बेलौरी नगरपालिकाबाट कैलालीको धनगढी उपमहानगरपालिका ८ बस्ने २७ वर्षीय अम्लेसकुमार शाह र सोही ठाउँका २६ वर्षीय खड्कराज अवस्थीलाई पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिए ।
उनीहरुको साथबाट ०।७५० ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।











