Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेका विभिन्न अस्पतालमा थप पाँचको मृत्यु

नेपालगन्ज, जेठ २२ : कोरोना संक्रमणबाट बाँकेका विभिन्न अस्पतालमा थप पाँचजनाको मृत्यु भएको छ। पछिल्लो चौबीस घण्टामा नेपालगन्ज मेडिकल कलेजमा दुईजना र भेरी अस्पतालमा...
कोरोना संक्रमणबाट बाँकेका विभिन्न अस्पतालमा थप पाँचको मृत्यु

नेपालगन्ज, जेठ २२ : कोरोना संक्रमणबाट बाँकेका विभिन्न अस्पतालमा थप पाँचजनाको मृत्यु भएको छ। 

पछिल्लो चौबीस घण्टामा नेपालगन्ज मेडिकल कलेजमा दुईजना र भेरी अस्पतालमा तीनजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रुकुमकी ६५ वर्षीय महिला, बाँकेको नेपालगन्ज-११ की ५५ वर्षीया महिला, बर्दिया गुलरिया-४ का ५७ वर्षीय पुरुष र कोहलपुर-१४ की ७० वर्षीया महिला तथा दाङ तुलसीपुर-१८ की ७२ वर्षीया महिला रहेको जनाइएको छ।

हालसम्म बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ९९ पुगेको छ। त्यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३ सय १० पुगेको छ।

प्रकाशित मिति: १२:३० बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्