Kathmandu Press

आगलागीबाट तीन लाखभन्दा बढीको क्षति

इनरुवा, जेठ २२ : सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा...
आगलागीबाट तीन लाखभन्दा बढीको क्षति

इनरुवा, जेठ २२ : सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:५४ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्