Kathmandu Press

चेपाङ परिवारलाई राहत प्रदान

चितवन, जेठ २२ : मेची महाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका–५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई...
चेपाङ परिवारलाई राहत प्रदान

चितवन, जेठ २२ : मेची महाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका–५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ।

प्रत्येक परिवारलाई ३० किलो चामल, एक किलो नुन, आधा लिटर तेल र एक किलो दाल वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष महेश्वरी खड्काले जानकारी दिइन्। संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ।

अहिले कोरोनाका कारण विपन्न परिवारमा बिहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि ल्याएको उनले बताइन्। गाउँ भन्दा बाहिर गएर  दैनिक ज्यालादारी गरेर परिवार पाल्नुपर्ने अवस्था रहेको जङ्गबहादुर चेपाङले बताए। अहिले काम गर्न नपाएपछि समस्यामा  परेको उनको भनाइ थियो।
 

प्रकाशित मिति: ०७:४३ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्