Kathmandu Press

यौन दुराचारको आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौं, जेठ २२ : एक किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई शिक्षकलाई पक्राउ गरेको छ।भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र...
यौन दुराचारको आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौं, जेठ २२ : एक किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई शिक्षकलाई पक्राउ गरेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्दो प्रशिक्षक चुलाई मुखियालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दीपक गिरी बताए।

​प्रहरीका अनुसार शिक्षक हरिकृष्णले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई किशोरीमाथि यौन दुराचार गरेको आरोप लागेको छ। भक्तपुर सृजनानगर बस्ने तेक्वान्दो प्रशिक्षक चुलाईलाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा प्रशिक्षण दिने क्रममा यौन दुराचार गरेको आरोप लागेको छ। 

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक गिरीका अनुसार पीडित किशोरीकी आमाले बुधबार उजुरी दिएपछि दुवै जनालाई पक्राउ गरिएको हो।

पीडित किशोरीले आमालाई भनेपछि घटना सार्वजनिक भएको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए।

प्रकाशित मिति: ०७:३४ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्