Kathmandu Press

हुम्लामा लक्षणबिनाका कोरोना संक्रमित धेरै

हुम्ला, जेठ २२ : हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षणबिनाका संक्रमितहरु देखिन थालेका छन्। दोस्रो लहरपछि लक्षणबिनाका संक्रमित देखिन थालेका हुन्।एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना...
हुम्लामा लक्षणबिनाका कोरोना संक्रमित धेरै

हुम्ला, जेठ २२ : हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षणबिनाका संक्रमितहरु देखिन थालेका छन्। दोस्रो लहरपछि लक्षणबिनाका संक्रमित देखिन थालेका हुन्।

एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भए पनि १० दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरुमा लक्षण देएिका छैनन्। सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए।

कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित ९ देखि १० दिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताए। 

जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार दुई सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो। त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उनले बताए। कोरोना पुष्टि भएका मध्ये ६ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनले बताए। (रासस)
 

प्रकाशित मिति: ०७:२१ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्