Kathmandu Press

निषेधाज्ञामा तास र कौडा खेल्ने १५ जना ३ लाखसहित पक्राउ

काठमाडौं, जेठ २१ : काठमाडौँ महानगरपालिका–२२ न्युरोडबाट १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।उनीहरुको साथबाट रु १३ लाख ४३...
निषेधाज्ञामा तास र कौडा खेल्ने १५ जना ३ लाखसहित पक्राउ

काठमाडौं, जेठ २१ : काठमाडौँ महानगरपालिका–२२ न्युरोडबाट १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।

उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद, कौडा र ताससमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

उक्त घरको छैटौँ तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा पैसाको बाजी लगाई हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसर र वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाइएको छ ।
 

प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्