मानव वेचविखनको आरोपमा दम्पती पक्राउ
काठमाडौं, जेठ २१ : मानव वेचविखनको अभियोगमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।प्रहरीले भारतको बिहार राज्य ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नं ४...
काठमाडौं, जेठ २१ : मानव वेचविखनको अभियोगमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।
प्रहरीले भारतको बिहार राज्य ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नं ४ निवासी अस्गर सैफी र उनकी श्रीमती तनहुँ जिल्ला दमौली नगरपालिका वडा नं. ५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।
उनीहरुले गोरखा घर भएका वर्ष २० तथा वर्ष २२ का गरी दुई जना महिलाहरूलाई ललाइपखाई, प्रलोभनमा पारी भारत लैजादै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा मुद्दा चलाएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।
प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











