विद्यालय अध्यक्षले बाँडे बाल उद्धारका ४५ विद्यार्थीका परिवारलाई राहत
काठमाडौं, जेठ २१ : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० स्थित बाल उद्धार माविमा पढ्ने ४५ बालबालिकाका परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ।विद्यालयका व्यवस्थापन समिति अध्यक्ष...
काठमाडौं, जेठ २१ : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० स्थित बाल उद्धार माविमा पढ्ने ४५ विद्यार्थीका परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ध्रुवप्रसाद घिमिरेले व्यक्तिगत पहलमा आज (शुक्रबार) राहत सहयोगस्वरूप प्रतिपरिवार १ बोरा चामल, २ किलो दाल, १ लिटर सनफ्लावर तेल, १ पोका नुनलगायत सामग्री वितरण गरेका हुन्।
विद्यालयका अभिभावकबाहेक अन्य पाँच विपन्न परिवारलाई पनि राहत वितरण गरिएको अध्यक्ष घिमिरेले काठमाडौं प्रेसलाई बताए।
विद्यालयका एक शिक्षकका अनुसार अध्यक्ष घिमिरेले यसअघि पनि सोही विद्यालयका ६ सय बालबालिकालाई पोसाक, झोलालगायत विभिन्न स्टेसनरी सामग्री वितरण गरिसकेका छन्।
त्यस्तै निःशुल्क अतिरिक्त कक्षा सञ्चालन र निःशुल्क आधारभूत तथा एडभान्स कम्प्युटर कोर्सका लागि पनि आफूले पहल गर्दै आएको उनले बताए।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











