Kathmandu Press

स्वदेशमै कोरोनाविरुद्धको खोप उत्पादन प्रक्रिया अघि बढिसक्यो : स्वास्थ्यमन्त्री

काठमाडौं, जेठ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीले कोरोनाविरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अगाडि बढाइएको बताएका छन्।आज (शुक्रबार) पश्चिम नवलपरासीको सदरमुकाम...
स्वदेशमै कोरोनाविरुद्धको खोप उत्पादन प्रक्रिया अघि बढिसक्यो : स्वास्थ्यमन्त्री

काठमाडौं, जेठ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीले कोरोनाविरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अगाडि बढाइएको बताएका छन्।

आज (शुक्रबार) पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रोटरी क्लबको सक्रियातामा बनाइएको आइसियु कक्ष हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।

स्वदेशमै कोरोनाको मात्र नभई अन्य खोप पनि उत्पादन गर्नेगरी निजी क्षेत्रबाट आएका प्रस्तावलाई सरकारले सहजीकरण गरिरहेको उनले जानकारी दिए।

तरल अक्सिजन सस्तो र प्रभावकारी देखिएको जानकारी दिँदै मन्त्री त्रिपाठीले सरकारले त्यस्ता उद्योग खोल्न अनुमति दिइसकेको बताए।  त्यस्ता उद्योगहरूलाई सरकारले अनुदानसमेत उपलब्ध गराउने भनाइ उनको थियो।

उनले बाहिरी मुलुकबाट कोरोनाविरुद्धको खोप आउन थालेको बताउँदै सरकारद्वारा तोकिएको आगामी चुनावअघि नै सबै नागरिकलाई खोप दिइसक्ने दाबी गरे।

कोभ्याक्सअन्तर्गत खोप खरिद प्रक्रिया सुरु भएको  उल्लेख गर्दै उनले रुसले उत्पादन गरेको खोप पनि छिट्टै नेपाल आइपुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्