Kathmandu Press

डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान

कोपेनहेगन, २१ जेठ : डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ।...
डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान

कोपेनहेगन, २१ जेठ : डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ। आगामी जुलाई ३१ मा म्याद समाप्त हुन लागेकाले उक्त खोप जतिसक्दो चाँडो केन्यालाई प्रदान गरिने छ। 

डेनमार्कले यस वर्ष करिब ३० लाख डोज खोप अन्य राष्ट्रलाई उपलब्ध गराउने योजना बनाएको छ।

डेनमार्कका विदेशी सहायता मन्त्री फ्लेमिङ मोलर मर्टेनसेनले एक वक्तव्य जारी गर्दै सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने बताएका छन्। उनले अन्य देशको तुलनामा केन्याले खोप प्राप्त गर्न नसकेका कारण केन्याले कठिन परिस्थितिको सामना गरिरहेको पनि बताए। 

Hardik ivf

उक्त खोप राष्ट्रसंघीय बालकोष (युनिसेफ) मार्फत ढुवानी गरिने छ। 

मार्चमा डेनमार्कले अस्ट्राजेनिका खोप आफ्ना नागरिकलाई नलगाउने घोषणा गरेको थियो । खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिएको जनाउँदै युरोपमै अस्ट्राजेनिका खोप नलगाउने घोषणा गर्ने डेनमार्क पहिलो राष्ट्र हो। 

त्यसपछि नर्वे र अन्य युरोपेली राष्ट्रले पनि यस्तै निर्णय गरेका थिए । तर युरोपेली औषधि नियामक निकाय युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएपछि युरोपका केही देशले पुनः खोप लगाउन थालेका थिए। तर यो खोप ५० वा ६० वर्षभन्दा माथिको उमेर समूहलाई मात्र दिइएको थियो।

यसैबीच, विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोभिड–१९ को खोप अफ्रिकी मुलुकहरुमा लगभग पूर्ण रुपले रोकिएको भन्दै चिन्ता व्यक्त गरेको छ। संगठनका अनुसार गत दुई साताको अवधिमा अफ्रिकी मुलुकहरुमा कोभिडबाट संक्रमितको संख्या २० प्रतिशतले वृद्धि भएको छ। 

दक्षिण अफ्रिकामा ६० प्रतिशतभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। यहाँ एक डोज लगाए हुने जोन्सन एन्ड जोन्सनका खोप लगाउने अभियान पनि संकटमा परेको छ। 

दश लाखभन्दा बढी जोन्सनका खोप अहिले दक्षिण अफ्रिकाको औषधि निर्माता कम्पनीका प्लान्टमा थन्किएका छन्। खासगरी अफ्रिकामा रहेको अमेरिकी प्लान्टमा खराबी आएपछि खोपको प्रयोगमा समस्या आएको हो। 

अफ्रिकी संक्रामक रोग नियन्त्रण केन्द्र (सिडीसी) का प्रमुखले अमेरिकी खाद्य तथा औषधि प्रशासनले प्लान्टमा आएको समस्याका बारेमा चाँडै निर्णय गर्ने विश्वास व्यक्त गरे। 

डब्लुएचओका वरिष्ट खोप विज्ञ डा केट ओब्रायनले विश्वमै खोपको आपूर्तिमा समस्या भइरहेको अवस्थामा विकसित मुलुकहरुले बालबालिकालाई पनि खोप लगाउनु प्राथमिकताको विषय नभएको बताएका छन्। 

उनले विश्व स्वास्थ्य संगठनका दृष्टिमा बालबालिकालाई अहिल्यै खोप लगाउनु प्राथमिकताको विषय होइन भने। 

क्यानडा, संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरुले १२ देखि १५ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन स्वीकृत गरेका छन् । 

ओब्रायनले वयस्क व्यक्तिलाई खोप दिइसकेको अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु अघि खोप लगाउनु आवश्यक नरहेको पनि बताए।  
 

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, जेठ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्