आइसोलेसनबारे बुझ्न हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न सकिने
काठमाडौं, जेठ २१ : काठमाडौं महानगरपालिकाले आइसोलेसन केन्द्रबारे जानकारी दिन हटलाइन नम्बर ११८० सञ्चालनमा ल्याएको छ।उक्त नम्बरमा सम्पर्क गरी सर्वसाधारणले सजिलैसँग कुन आइसोलेसन...
काठमाडौं, जेठ २१ : काठमाडौं महानगरपालिकाले आइसोलेसन केन्द्रबारे जानकारी दिन हटलाइन नम्बर ११८० सञ्चालनमा ल्याएको छ।
उक्त नम्बरमा सम्पर्क गरी सर्वसाधारणले सजिलैसँग कुन आइसोलेसन केन्द्रमा कति बेड खाली छन् भनेर जानकारी लिन सक्नेछन्। काठमाडौँ महानगरपालिका सर्वसाधारणको सहजताका लागि उक्त सुविधा ल्याएको जनाएको छ।
महानगरका अनुसार १४ वटा आइसोलेसन सेन्टरका २५ एचडियु, अक्सिजनसहितका २ सय ८६ बेड र २ सय ६३ साधारण बेड र ५ सय ७४ वटा आइसोलेसन बेडबारे महानगरमा दैनिक विवरण अद्यावधिक हुने गरेको छ। सोही विवरणका आधारमा हटलाइनबाट सूचना दिने व्यवस्था मिलाइएको हो।
महानगरले शारदा सेकेण्डरी स्कुल तिलगंगा, रत्न राज्य स्कुल बानेश्वर, जैन भवन र अग्रवाल भवन कमलपोखरी, राधास्वामी आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, निःशुल्क कोभिड आइसोलेसन गौशाला, क्याम्पियन कलेज गहना पोखरीलगायत स्थानमा आइसोलेसन केन्द्रको व्यवस्था गरेको छ।











