Kathmandu Press

११ न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं, जेठ २१ :  प्रतिनिधिसभाविरुद्ध १ सय ४६ सांसदहरुले दायर गरेको मुद्दा छिनोफानोका क्रममा ११ जना न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न माग गर्दै सवोच्च अदालतमा...
११ न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं, जेठ २१ :  प्रतिनिधिसभाविरुद्ध १ सय ४६ सांसदहरुले दायर गरेको मुद्दा छिनोफानोका क्रममा ११ जना न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न माग गर्दै सवोच्च अदालतमा निवेदन पेस गरिएको छ।

संवैधानिक इजलासमा नराख्न भनिएका ११ न्यायाधीशमा दीपक कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुन्।

१ सय ४६ जना सांसदको मुद्दासँग कुनै न कुनै रुपमा स्वार्थ बाझिने भन्दै ती न्यायाधीशहरूलाई संवैधानिक इजलासमा खाख्न नहुने दाबीसहित अधिवक्ता राजाराम घिमिरेले आज (शुक्रबार) निवेदन पेस गरेका हुन्। 

केपी ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित रिट हाल्ने अधिवक्ता पनि घिमिरे नै हुन्।

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्