Kathmandu Press

कोरोना उत्पत्तिबारे अनुसन्धान पुनः जाँच्न डब्लुएचओको आग्रह 

वासिङटन, जेठ २१ : कोभिड-१९ को उत्पत्ति कहाँबाट कसरी भयो भन्ने विषयमा गरिएको अनुसन्धान पुनः जाँच गर्न विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) ले आग्रह...
कोरोना उत्पत्तिबारे अनुसन्धान पुनः जाँच्न डब्लुएचओको आग्रह 

वासिङटन, जेठ २१ : कोभिड-१९ को उत्पत्ति कहाँबाट कसरी भयो भन्ने विषयमा गरिएको अनुसन्धान पुनः जाँच गर्न विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) ले आग्रह गरेको छ। 

सन् २०१९ अक्टोबरमा गरिएको अध्ययनले कोभिड-१९ वुहान सहरमा देखा पर्नुपहिले भाइरस चीनमा नभएर अन्यत्रै देखापरेको हुन सक्ने देखाएपछि डब्लुएचओले अनुसन्धान पुनः जाँच गर्न आग्रह गरेको हो। 

Hardik ivf

डब्लुएचओको आग्रहमा दुई वैज्ञानिकले उक्त अध्ययनको अनुसन्धान गरेको र अध्ययनले भाइरस वा भाइरसको भेरियन्ट चीनबाहिर उत्पत्ति भएको हुन सक्ने देखाएको वैज्ञानिकहरुले बताएका छन्। 

डब्लुएचओले अनुसन्धानकर्ताहरुसँग सम्पर्क राखेको छ, जसले ओरिजिनल डकुमेन्ट प्रकाशित गरेका थिए। थप परीक्षणको लागि साझेदार प्रयोगशालाहरूसँगको सहकार्य स्थापित गरिएको छ,’ डब्लुएचओका प्रवक्ताले भने । 

प्रवक्ताले डब्लुएचओलाई अनुसन्धाकर्ताहरुले निकट भविष्यमा ओरजिनल रिपोर्ट प्रकाशित गर्ने योजना बनाइरहेका थिए भन्ने बारेमा थाहा रहेको बताएका छन्। 

प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, जेठ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्