Kathmandu Press

भारतमा २४ घन्टामा १ लाख ३२ हजारमा कोरोना संक्रमण, २७ सयको मृत्यु 

नयाँ दिल्ली, जेठ २१ : भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट थप १ लाख ३२ हजार संक्रमित भएका छन्।योसँगै भारतमा हालसम्म कोरोना संक्रमितको...
भारतमा २४ घन्टामा १ लाख ३२ हजारमा कोरोना संक्रमण, २७ सयको मृत्यु 
कोरोनाविरुद्धको खोपका लागि लामबद्ध भारतीय सर्वसाधारण । तस्बिर : पिटिआई

नयाँ दिल्ली, जेठ २१ : भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट थप १ लाख ३२ हजार संक्रमित भएका छन्।

योसँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २ करोड ८५ लाख ७४ हजार ३ सय ५० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लो २४ घन्टामा सक्रिय संक्रमितको संख्यमा १ लाख १३ हजारले कमी आएको छ। हाल सक्रिय संक्रमितको संख्या १६ लाख रहेको छ। 

कोरोना भाइरस संक्रमित मध्ये पछिल्लो २४ घण्टामा २ हजार ७ सय १३ जनाको मृत्यु भएको छ।

यो संख्या सहित हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ लाख ४० हजार ७ सय २ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २ लाख ७ हजार ६ सय ५५ ले बढेको छ।

हाल भारतमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या २ करोड ६५ लाख ९७ हजार ६ सय ५५ रहेको छ। 

प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, जेठ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्