Kathmandu Press

रेशम चौधरी भन्छन- ‘मेराे खुट्टामा १४ किलोको नेल लगाउनु पर्दैनँ, म भाग्दिनँ,’

काठमाडौं, असार ८ : वीर अस्पतालमा उपचार गराउदा खट्टामा नेल लगाएका निलम्वित सांसद रेशम चौधरीले आफू भाग्छ कि भन्ने शंका गर्न नहुने बताएका छन्। उनले आफू उ....

रेशम चौधरी भन्छन- ‘मेराे खुट्टामा १४ किलोको नेल लगाउनु पर्दैनँ, म भाग्दिनँ,’

काठमाडौं, असार ८ : वीर अस्पतालमा उपचार गराउदा खट्टामा नेल लगाएका निलम्वित सांसद रेशम चौधरीले आफू भाग्छ कि भन्ने शंका गर्न नहुने बताएका छन्। उनले आफू उपचार गर्न अस्पताल आएकाे र यहाँबाट नमाग्ने बताए।

निलम्बित सांसद चौधरी टीकापुर घटनामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि डिल्लीबजार कारागारमा कैद भोगिरहेका छन्। उनको स्वास्थ्य समस्या आएपछि कारागारबाट बिहीबार उपचारका लागि वीर अस्पताल लगिएको थियो।

तर, अस्पतालको बेडमै उनलाई नेल लगाएपछि विरोध भएको थियो। वीर अस्पतालको बेड नं. ५ मा रहेका चौधरीले आज काठमाडौं प्रेससँग कुराकानी गर्दै आफू कसैगरी पनि नभाग्ने बताए।

Hardik ivf

‘मेराे खुट्टामा १४ किलोको नेल लगाउनु पर्दैनँ। म भाग्दिनँ,’ वीर अस्पतालमा उपचारथ प्रतिनिधिसभाका निलम्वित सांसद चाैधरीले भने, ‘आत्मसमर्पण गरेको मान्छे कहाँ भाग्छ?’

टीकापुर घट्नापछि उनी दुई वर्ष फरार रहे। प्रहरीले उनलाई पक्राउ गर्न सकेकाे थिएन। फरार रहेकै अवस्थामा प्रतिनिधिसभामा उम्मेदवार बनेका उनले कैलाली निर्वाचन क्षेत्र नं‍‍. १ बाट चुनाव पनि जिते। अदालतले दोषी ठहर गरेपछि उनको सांसद पद निलम्बनमा छ।

उनलाई अस्पताल भर्ना गर्ने वितिक्कै १४ किलोग्रामको नेल लगाएको थियो। सबैतिरबाट विरोध हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेल हटाउन निर्देशन दिएका थिए। उनको खुट्टामा लगाएको नेल हिजाे हटाएको छ।

समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भेट्न आएपछि नेल हटाउने अवस्था आएको उनको भनाइ छ। डा.भट्टराईले उनको फोटोसहित ट्वीट गरेका थिए।

चौधरीले नेल हटाएकोमा प्रधानमन्त्री ओलीलाई पनि धन्यवाद दिएका छन्। त्यस्तै, नेल हटाउने प्रहरीलाई पनि धन्यवाद भनेका छन्।

उनको फोक्सो र ढाडमा समस्या देखिएको छ। बिहीबार वीर अस्पताल भर्ना भएका उनलाई अझै केही दिन राखिने अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, असार ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्