Kathmandu Press

भारतले अर्डर गर्यो डब्लुएचओले मान्यता नदिएको ३० करोड डोज खोप 

नयाँ दिल्ली, जेठ २१ : कोरोनाको दोस्रो लहरको चपेटमा परेको भारतले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालीन प्रयोगका लागि मान्यता नदिएको ३० करोड...
भारतले अर्डर गर्यो डब्लुएचओले मान्यता नदिएको ३० करोड डोज खोप 
भारतमा कोरोनाविरुद्धको खोप लगाउँदै एक महिला । तस्बिर : बिबिसी

नयाँ दिल्ली, जेठ २१ : कोरोनाको दोस्रो लहरको चपेटमा परेको भारतले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालीन प्रयोगका लागि मान्यता नदिएको ३० करोड डोज खोप किन्न अग्रिम अर्डर दिएको छ।

भारतकै तेलङ्गानास्थित बायोलोजिकल ई कम्पनीले उत्पादन गरेको खोपको ३० करोड डोज किन्न सरकारले अर्डर दिएको हो। 

बायोलोजिकल ई कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप हाल परीक्षणको तेस्रो चरणमा रहेको र हालसम्म नामकरण गरिएको छैन्।

भारत सरकारले यो खोपले परीक्षणको पहिलो दुई चरणमा आशाजनक नतिजा दिएको र खोप अभाव हुन नदिनलाई खोप किन्ने निर्णय गरेको बताएको छ। 

भारत सरकारले बीस करोड ६० लाख अमेरिकी डलर बराबरको कोरोना विरुद्धको खोप किन्न अर्डर दिएको हो। 

भारतले हालसम्म २२ करोड खोप प्रदान गरेको छ। खोप अभावका कारण हालसम्म १० प्रतिशतभन्दा कम मानिसले बढी मानिसले पूर्ण डोज पाएका छैनन्।

हाल भारतमा कोरोनाविरुद्धको खोप कोभिसिल्ड, कोभ्याक्स र रुसी कम्पनीद्वरा निर्माण गरिएको स्पुतनिक भी प्रयोग गरिएको छ।

बोयोलोजिकल ई कम्पनीले उत्पादन गर्ने खोप आगामी केही महिनामा उपलब्ध हुने सरकारले जनाएको छ।

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्