Kathmandu Press

समता अस्पतालमा मृत्यु भएकी युवतीका आफन्तमाथि प्रहरीद्वारा लाठी चार्ज, केही घाइते

काठमाडौं, असार ८ : समता अस्पतालमा मृत्यु भएकी विमला तामाङका आफन्त तथा स्थानीय वासिन्दामाथि प्रहरीले लाठी जार्च गरेको छ। केही घाइते भएका छन भने केहीलाई....

समता अस्पतालमा मृत्यु भएकी युवतीका आफन्तमाथि प्रहरीद्वारा लाठी चार्ज, केही घाइते
रिवाज राई

काठमाडौं, असार ८ : समता अस्पतालमा मृत्यु भएकी विमला तामाङका आफन्त तथा स्थानीय वासिन्दामाथि प्रहरीले लाठी जार्च गरेको छ। केही घाइते भएका छन भने केहीलाई नियन्त्रणमा लिएको छ।

समता अस्पतालमा कार्यरत विमला केही दिन अघि अस्पतालमै मृत भेटिएकी थिइन्। उनले आत्महत्या गरेकाे प्रहरीकाे भनाइ छ।

तर उनका आफन्तले हत्या गरेको आरोप लगाउदै आएका छन्। उनीहरुले हत्याकाे आराेपमा समता अस्पतालका स‌ंचालक उत्तम सञ्जलेसहित चार जनाविरुद्ध उजुरी पनि दिएका थिए।

Hardik ivf

हानगरीय प्रहरी बृत्त गौशालामा प्रदर्शन गर्दै विमलाका आफन्त तथा स्थानीय वासिन्दा।

उजुरीका आधारमा प्रहरीले उत्तम, उनकी पत्नी कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीलाई पक्राउ गरेकाे थियाे।

उत्तमलाई छाेडिसकेकाे छ भने अन्य तीन जना प्रहरी नियन्त्रणमै छन्। उनीहरूलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको थियो।

हानगरीय प्रहरी बृत्त गौशालामा प्रदर्शन गर्दै विमलाका आफन्त तथा स्थानीय वासिन्दा।

विमलाका आफन्त तथा स्थानीय वासिन्दाले घटनाको निष्पक्ष छानविन हुनेपर्ने र दोषीलाई कारवाही गर्नु पर्ने माग गर्दै आज हानगरीय प्रहरी बृत्त गौशाला अगाडि प्रदर्शन गरेका छन्। उनीहरुले धर्ना दिएका थिए। उनीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको हो।

प्रदर्शनमा उत्रिएका तथा धर्नामा बसेका विमलाका आफन्त तथा स्थानीय वासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको लाठी चार्जबाट केही घाइते भएका छन्।

हानगरीय प्रहरी बृत्त गौशालामा प्रदर्शन गर्दै विमलाका आफन्त तथा स्थानीय वासिन्दा।

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, असार ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्